२०८२ चैत्र १६ गते

सहकारी पीडीतको रकम फिर्ता गर्ने बारे प्रकृया अघि बढ्न थाल्यो

बैंकिङ खबर / सरकारले सहकारी पीडितको रकम फिर्ता गर्ने विषयलाई अघि बढाएको छ । मन्त्रिपरिषद्‌मा छलफल मार्फत सरकारले सहकारी पीडितको रकम फिर्ता गर्ने विषयलाई अघि सारीएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल सुरु भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए । उनका अनुसार १ लाखभन्दा कम बचत भएका सहकारी पीडीतहरुलाई प्राथमितामा राखेर उनीहरुलाई भुक्तानी दिने बारे छलफल भएको छ । भुक्तानी कुन विधिबाट गर्ने भन्ने विषयमा छलफल सुरु भएको हो । यो विषयलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्रमा पनि उल्लेख गरेको छ भने यसअघिको पहिलो मन्त्रीपरिषदको बैठकले एकसय दिनको एकसय एजेनडामा पनि उठान गरेको छ । सरकारले साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने आफ्नो कार्यसूचीमा उल्लेख गरेका कारण यस विषयले थप चर्चा पाएको हो । करिव ७४ हजार नागरिक सहकारीबाट पीडीत भएको जनायएको छ ।