
बैंकिङ खबर / सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। नेपाल वहिरा संघसँगको समन्वयमा चैत ८ गते काठमाडौँमा आयोजित कार्यक्रममा ४० जना फरक क्षमता भएका व्यक्तिको सहभागिता रहेको थियो। कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले आम्दानी, बचत, वित्तीय सुरक्षा, बैंकसँगको कारोबार, डिजिटल साक्षरता, स्मार्ट मनि, लगानी, प्रतिफल, जोखिमलगायत विषयमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा सांकेतिक भाषा दोभाषे उमा पौडेल र प्रकाश महर्जनले सहजिकरण गर्नुभएको थियो। कार्यक्रमको समापनमा राष्ट्रिय वहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले यो कार्यक्रम धेरै उपयोगी रहेको जानकारी गराउँदै आर्थिक क्षेत्रका विभिन्न उपयोगी तालिमका लागि बैंक र वित्तीय संस्थाहरुसँग सहकार्य गरिरहेको बताउनुभयो।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ।



