२०८२ माघ २३ गते

गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो खुलामुखी योजना !

बैंकिङ खबर / गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक (Fund Sponsor) तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (Fund Manager) रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड (Garima Mutual Fund) अन्तर्गत विकास बैंक बाट प्रवर्धित पहिलो खुलामुखी योजना (First Open-Ended Scheme) को रुपमा रु एक अर्ब बराबरको “गरिमा सुवर्ण योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट २०८२ साल माघ महिना २१ गते स्वीकृती प्राप्त भएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति अनुसार अब छिट्टै नै सार्वजनिक रुपमा निष्काशन हुन लागेको गरिमा सुवर्ण योजनाको संक्षिप्त जानकारी देहाय बमोजिम रहेको छ :

१. योजनाको नाम गरिमा सुवर्ण योजना (Garima Subarna Yojana)
२. योजनाको प्रकार खुलामुखी (Open – Ended)
३.  योजनाको आकार  रु. १,००,००,००,०००/-( (एक अर्ब रुपैयाँ मात्र)
४. निष्काशन गर्न लागिएको इकाई संख्या प्रथम चरणको प्रारम्भिक निष्काशनमा बीज पूँजी सहित ५,००,००,००० (पाँच करोड इकाई मात्र)/-
५. प्रति इकाई मूल्य रु. १०/- (अक्षरेपीः दश रुपैयाँ मात्र)
६. कुल निष्काशन मध्ये न्यूनतम बिक्री हुनुपर्ने इकाई संख्या ५० प्रतिशत अर्थात २,५०,००,००० (दुई करोड पचास लाख मात्र)।
७. न्यूनतम आवेदन दिन सकिने इकाई संख्या १००/- (एक सय इकाई मात्र)
८. अधिकतम आवेदन दिन सकिने इकाई संख्या ५०,००,०००/- (पचास लाख इकाई मात्र)
९. योजनाको अवधि लागू नहूने (खुला तथा निरन्तर चलिरहने)
१०. योजना परिपक्व हुने मिति/अवधि लागू नहूने (खुला तथा निरन्तर चलिरहने)
११. सूचीकरण तथा दोस्रो बजार कारोवार व्यवस्था इकाईहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण तथा कारोबार नहुने। योजना व्यवस्थापकद्वारा संचालित खरिद/बिक्री अनलाइन प्रणाली मार्फत खरिद/बिक्री गर्न सक्ने व्यवस्था मिलाइनेछ ।
१२. कोष प्रवद्र्धकको नाम र ठेगाना गरिमा विकास बैंक लिमिटेड, लाजिम्पाट, काठमाडौँ।
१३. निष्काशन तथा बिक्री प्रबन्धक, योजना व्यवस्थापक तथा डिपोजिटरीको नाम र ठेगाना गरिमा क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँ ।
१४. कोष सुपरिवेक्षकको नाम तथा ठेगाना १. शंकर प्रसाद कोइराला, काठमाडौँ –०९, काठमाडौँ ।
२. बाबुराम रेग्मी, वालिङ–०२, स्याङ्जा ।
३. रामजी रेग्मी, टोखा–१०, काठमाडौँ ।
४.जलेश्वर पाण्डे, मध्यपुर थिमि–०१, भक्तपुर ।
५.अच्यूत राज जोशी, काठमाडौँ –०९, काठमाडौँ ।

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत सहजिकरण हुँदै आएको छ। यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ।