Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ स्थायित्व र व्यापार प्रवर्द्धन घोषणापत्रको मूल एजेन्डा हुनुपर्छ : सीईओ उपाध्याय

admin २०८२ माघ १९ गते
सेयर:

बैंकिङ खबर / नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका सचिव तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले देशमा देखिएको निराशा चिर्ने र व्यापारलाई प्राथमिकता दिनेगरी दलहरुले घोषणापत्र ल्याउनुपर्ने बताएका छन्। 

उपाध्यायले  मुलुकमा हाल करिब ५ करोड ८० लाख निक्षेप खाता रहेको उल्लेख गर्दै तीमध्ये केही दोहोरिएका हुन सक्ने भए पनि निक्षेपकर्ताको हितमा असर पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए। उनले चीन र भारतजस्ता विशाल छिमेकी बजारलाई लक्षित गर्दै सेवा तथा वस्तु उत्पादन गरी निर्यात गर्ने रणनीति घोषणापत्रमै समेटिनुपर्नेमा जोड दिए।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।