Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निर्वाचनमा राजनीतिक दलले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने !

२०८२ माघ १४ गते

बैंकिङ खबर/ निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरूले बैंकिङ प्रणालीमार्फत मात्र आर्थिक लेनदेन गर्नुपर्ने बताएका छन्।

आयोगले मंगलबार निजी क्षेत्रका छाता संस्थासँगको अन्तरक्रियामा यस्तो निर्देशन दिएको हो। भण्डारीका अनुसार निर्वाचन अवधिमा नगद कारोबार गर्ने दल वा उम्मेदवारको उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

भण्डारीले स्पष्ट पारे, निर्वाचनको वित्तीय लेनदेन बैंकिङ प्रणालीमा मात्र सुनिश्चित गरे मुलुकमा वैधानिक र शान्तिपूर्ण निर्वाचनको वातावरण कायम रहन्छ। उनले निर्वाचन व्यवस्थित, अनुशासित र पारदर्शी ढंगमा सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नु आवश्यक रहेको बताए।