Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यद्वारा पदभार ग्रहण।

admin २०८२ माघ १२ गते
सेयर:

बैंकिङ खबर/ सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले आज २०८२ माघ १२ गते पदभार ग्रहण गर्नुभएको छ । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको मिति २०८२ कार्तिक २४ (नोभेम्बर १०, २०२५) मा बसेको बैठकको निर्णय बमोजिम पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

२१ बर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका आचार्य संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको MNIT, Jaipur मा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गर्नुभएको छ । साथै, शैक्षिक उपलब्धिहरु मध्ये एस.एल.सी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गर्नुभएको थियो ।

प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नु अघि उहाँ बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो। सानिमा बैंकमा आफ्नो लामो सेवाकालका दौरान उहाँले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गर्नुभएको छ।

उहाँको प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन्। उहाँ सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रुपमा कार्यरत हुनुहुन्थ्यो। बैंकिङ्ग क्षेत्रबाहेक उहाँसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ । यसका साथै, उहाँले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गर्नुभएको थियो।

प्रमुख कार्यकारी अधिकृत आचार्यको विश्लेषण क्षमता, रणनीतिक सोच र बैंकिङ्ग अनुभवका आधारमा उहाँको नेतृत्वमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।