Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकको तेतीसौं वार्षिक साधारण सभा सु-सम्पन्न भएको छ ।

२०८२ माघ २ गते

बैंकिङ खबर / बैंक संचालक समितिका अध्यक्ष  प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा बैकका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्री प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बैंकको साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि वर्तमान लेखापरीक्षक CA Ranjeev & Associates लाई पुनः नियुक्त गरेको छ। यसैगरी नियामक निकायको निर्देशन बमोजिम बैंकको पूँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।