Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आईटी कम्पनीलाई विदेशमा २० हजार डलरसम्म लगानी सुविधा !

२०८२ पुष १५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्दै विदेशी मुद्रा आर्जन गरेका सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्म निस्सर्त विदेशी मुद्रा सटही सुविधा दिने व्यवस्था गरेको छ। विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावली २०७८ संशोधनमार्फत गरिएको व्यवस्थाअनुसार कम्तीमा तीन वर्षदेखि सेवा निर्यात गरिरहेको र कानुनी मापदण्ड पूरा गर्ने कम्पनीले वाणिज्य बैंकमार्फत समेत सटही सुविधा पाउनेछन्। संशोधनले विदेशी ऋण लिने सीमा, ब्याजदर, तेस्रो पक्षको संलग्नता तथा स्वीकृति प्रक्रियामा समेत लचकता प्रदान गरेको केन्द्रीय बैंकले जनाएको छ।