बैंकिङ खबर/ कामना सेवा विकास बैंकले काठमाडौं, ज्ञानेश्वर स्थित Caffeophilia सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र क्याफेका फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठद्धारा हस्ताक्षर गरिएको छ ।