Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कालोसूचीको व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको छ : गभर्नर डा. पौडेल

२०८२ मंसिर २१ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कालोसूचीको व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको बताएका छन् । उनले यसबारेमा केन्द्रीय बैंकले अध्ययन गरिरहेको बताउँदै त्यसबारेमा अपनाउन सकिने लचकता अपनाइने उल्लेख गरे । गभर्नर पौडेलले कुनै पनि बैंकको कर्मचारीले यो मिलाईदिन्छु र त्यो मिलाइदिन्छु भनेर पैसा माग्यो भने त्यसलाई गम्भिर रुपमा लिइने उल्लेख गरे । गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान बनाउनका लागि राष्ट्र बैंकले केही नीतिहरु परिमार्जन गरेको उल्लेख गरे ।