२०८२ मंसिर १९ गते

एक वर्षमा २४ लाखभन्दा बढी वालेट प्रयोगकर्ता थपिए

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका अनुसार डिजिटल भुक्तानी तीव्र बृद्धिमा छ। २०८१ असोजको २ करोड ४५ लाख ९६ हजार वालेट प्रयोगकर्ता २०८२ असोजमा बढेर २ करोड ६४ लाख ८८ हजार ६७१ पुगे। २०८२ भदौमा संख्या झनै बढेर २ करोड ७१ लाख ६७ हजार ८२६ थियो।

यस्तै, २०८१ असारमा २ करोड ३४ लाख ६१ हजार १०७ प्रयोगकर्ता रहेकामा २०८२ असारमा वृद्धि भई २ करोड ६७ लाख ६५ हजार ६६० पुगे।

कारोबार पनि बढेको छ—२०८१ असारको ३ अर्ब ८१ करोड ४७ लाख कारोबार २०८२ असारमा ४ अर्ब ८४ करोड ४१ लाख पुगेको छ। २०८१ असोजको ४ अर्ब ५४ करोड ८ लाख कारोबार २०८२ असोजमा ४ अर्ब ६९ करोड ५४ लाख मा पुगेको छ।