२०८२ मंसिर ७ गते

गरिमा विकास बैंकको १९ औँ वार्षिकउत्सव : रोडरेश, रक्तदान सहित सामाजिक कार्यक्रम सम्पन्न

बैंकिङ खबर / गरिमा विकास बैंक लिमिटेडले १९ औ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। साथै बैंकले १९ वटा संस्थागत सामाजिक उत्तरदायित्व मूलक कार्यक्रमहरू सम्पन्न गरेको छ। गरिमा विकास बैंकले केन्द्रीय कार्यालय बालुवाटार लगायत सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ती कार्यक्रमहरूबाट कुल ६०२ युनिट रगत संकलन भएको छ । बैंकले १६ स्थानमा विद्यालयहरूमा, शैक्षिक सामग्री विद्यालय पोषक, पानी, फिल्टर मेसिन लगायतका सामग्री वितरण गरेको छ।

बैंकले निष्कोट स्वास्थ्य चौकी म्याग्दीलाई सरसफाई सामग्री हस्तान्तरण गर्नुका साथै मातातीर्थ वृद्धाश्रम समिति चन्द्रागिरी काठमाडौँलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ भने सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण समेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ । यसै गरि बैंकले वार्षिकोत्सवको अवसरमा गरिमा रोड रेश कार्यक्रम सम्पन्न गरेको छ । उक्त गरिमा रोड रेश कार्यक्रममा एक हजार भन्दा बढी धावकहरूको उपस्थिति रहेको थियो। बैंकले यस किसिमका सामाजिक उत्तरदायित्व मूलक कार्यक्रमहरुलाई आगामी दिनमा समेत प्राथमिकताका साथ निरन्तरता दिने बताइएको छ । बैंकले १९ औँ वार्षिकोत्सव सम्म साथ दिने नियमनकारी निकाय, सेयरहोल्डरहरू, सञ्चालक समिति, कर्मचारी, सञ्चारकर्मी, बैंकका निक्षेपकर्ता एवं बैंकका सदस्यहरू सम्पूर्णमा आभार प्रकट गरेको छ।