२०८२ कार्तिक ३० गते

३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स (केन्द्रीय बैंकको आर्थिक रिपोर्टको पूर्ण पाठ)

बैंकिङ खबर / विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५.४ प्रतिशतले र अमेरिकी डलरमा २९.२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असोज महिनामा  रेमिट्यान्स रु.२०१ अर्ब २२ करोड भित्रिएको छ । आर्थिक वर्ष २०८२८३ को तीन महिनामा विप्रेषण आप्रवाह रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भई रु ५५३ अर्ब ३१ करोड भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो ।

यसैगरी विदेशी संचिती रकम ११.३ प्रतिशतले बढेको छ । नेपाली अर्थतन्त्र आन्तरीक रुपमा कम्जोर हुँदै जाँदा आर्थिक सूचकमा भने सकारात्मक प्रभाव देखिएको हो । यो संचीति करिव १६ महिना भन्दा बढी समयलाई प्रसस्त हो । आयातमूखि अर्थतन्त्र हाबी हुँदा नेपालबाट अत्याधिक पैसा बाहिरीन्छ । तथापी बढ्दो रेमिट्यान्सका कारण विदेशी मुद्रा संचीतिमा बृद्धि देखिएको हो । आयातमा केही वृद्धि भएपनि रेमिट्यान्समा भएको उच्च वृद्धिले गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी विनियम सञ्चिति ३ महिनामा ११.३ प्रतिशतले बढेको हो । ३ महिनामा सञ्चिति ३ खर्ब २ अर्ब रुपैयाँ बृबृद्धि भएको छ । असोज मसान्तसम्ममा नेपालको कुल विदेशी विनियम सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Three-Month-data-of-2082.83