बैंकिङ खबर/ एनआईसी एशिया लघुवित्तले गण्डकी र बागमती प्रदेशस्तरीय प्रथम त्रैमासिक बजेट समीक्षा गोष्ठी तथा तालिम काठमाडौंको तपस होटलमा कार्तिक १८ देखि २१ गतेसम्म सम्पन्न गरेको छ। कार्यक्रममा दुई प्रदेशअन्तर्गतका शाखा प्रमुख, अनुगमन तथा असुली अधिकृत र प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा शाखा सञ्चालन, उपलब्धि, चुनौती र सुधारका उपायबारे छलफलसँगै सेवा गुणस्तर सुधार, ग्राहक संरक्षण, वित्तीय व्यवस्थापन, डिजिटल बैंकिङ र पोर्टफोलियो व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइयो। प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरेलगायत वरिष्ठ अधिकारीहरूले दक्षता, जोखिम व्यवस्थापन र डिजिटल सेवामा सशक्त बन्न निर्देशन दिए।
समापन सत्रमा घिमिरेले लक्ष्य प्राप्ति र सेवा उत्कृष्टतामा देखिएको प्रगतिप्रति प्रसंसा गर्दै सहभागीहरूलाई अझ उत्साहपूर्वक कार्य गर्न प्रेरित गरे। संस्थाले यस्ता गोष्ठीहरूले कर्मचारीलाई जिम्मेवारीप्रति थप प्रतिबद्ध र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
