Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नबिल बैंकको नाफामा गिरावट, समिक्षा अवधिमा १४.५७ प्रतिशत नाफा घट्यो

२०८२ कार्तिक २० गते

बैंकिङ खबर/  नबिल बैंकको नाफामा गिरावट आएको छ । नयाँ आर्थिक बर्षको पहिलो त्रैमासिक रिपोर्ट अनुसार गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा १४.५७ प्रतिशत नाफा घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको रिपोर्ट अनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशतले कमी हो । गत आर्थिक वर्ष सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड रुपैयाँ छ ।