Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एनआईसी एशिया बैंकको सीईओमा सुजित कुमार शाक्य नियुक्त

२०८२ कार्तिक १७ गते

बैंकिङ खबर/ एनआईसी एशिया बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्यलाई नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको कात्तिक १७ गते बसेको बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। उनी चार वर्षको कार्यकालका लागि नियुक्त भएका हुन्।

बैंकका अनुसार शाक्यले ३० दिनभित्र सीईओको रूपमा औपचारिक रूपमा कार्यभार सम्हाल्ने छन्। हाल शाक्य नबिल बैंक लिमिटेडका सिनियर डिपुटी सीईओ पदमा कार्यरत छन्। उनी लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी व्यवस्थापक हुन्।

एनआईसी एशिया बैंकले उनको नेतृत्वमा बैंकको सेवा प्रवाह, वित्तीय सुदृढता र प्रविधिमुखी सञ्चालनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।