
बैंकिङ खबर/ एनएमबी बैंकको कार्ड सेवा २० घण्टासम्म अवरुद्ध हुने भएको छ। बैंकले आफ्नो कार्ड स्विच पूर्वाधार अपडेट गर्न शुक्रबार राति ८ बजेदेखि शनिबार दिउँसो ४ बजेसम्म अस्थायी रुपमा कार्ड सेवा अवरुद्ध गर्न लागेको जानकारी दिएको हो।
यसबाट बैंकको भिसा कार्ड, एटीएम, पीओएस र ईकमर्स सेवा अवरुद्ध हुनेछ। यस अवधिमा बैंकको कार्डमार्फत हुने ट्रान्ज्याक्सन पूर्ण रुपमा निष्क्रिय हुने बैंकले जनाएको छ। निर्धारित डाउनटाइमभन्दा अघि जरुरी कारोबार गर्न र सुविधाका लागि मोबाइल बैंकिङलगायत वैकल्पिक भुक्तानी विधि अपनाउन बैंकले आग्रह गरेको छ।



