Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ प्रणालीमा एकैदिन थपियो ११ अर्ब निक्षेप

admin २०८२ कार्तिक १० गते
सेयर:

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असोज ३० गते बैंक तथा वित्तीय संस्थामा एकैदिन ११ अर्ब रुपैयाँको निक्षेप थपिएको छ। यसरी निक्षेप बढेर ७४ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ।

असोज २९ गतेसम्म निक्षेप ७४ खर्ब ५५ अर्ब रुपैयाँ रहेको थियो। वाणिज्य बैंकमा निक्षेप ६७ खर्ब १ अर्बबाट ६७ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ भने अन्य वित्तीय संस्थामा ७ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ।

यसै अवधिमा बैंकिङ प्रणालीले ५६ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। वाणिज्य बैंकको कर्जा ५० खर्ब १९ अर्ब र अन्य वित्तीय संस्थाको ६ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ। अन्तर बैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत र सिडी रेसियो ७४.७० प्रतिशतमा कायम छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।