Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तिहारका लागि राष्ट्र बैंकद्वारा ४१ हजार चाँदीका सिक्का बिक्री

२०८२ कार्तिक २ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारको अवसरमा ४१ हजार चाँदीका सिक्का बिक्री गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार, असोज २६ गतेदेखि सुरु गरिएको बिक्री यही गत शुक्रबारसम्म पूरा भएको हो।

राष्ट्र बैंकले हरेक वर्ष तिहारको अवसरमा सुन र चाँदीका असर्फी बिक्री गर्दै आएको भएपनि यस वर्ष सुनका सिक्का बिक्री गरेको छैन । यस वर्षको तिहारका लागि बिक्री गरिएका चाँदीका सिक्कामा लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित १० ग्रामका सिक्का उपलब्ध छन्।