Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पोखरा र समृद्धि फाइनान्सलाई मर्जरमा जान राष्ट्र बैंकको सहमती

२०८२ आश्विन २८ गते

बैंकिङ खबर/ पोखरा फाइनान्स लिमिटेड मर्जरमा जाने भएको छ। नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच गाभ्ने–गाभिने (मर्जर) प्रक्रिया अघि बढाउन सैद्धान्तिक सहमति दिएको हो।

पोखरा फाइनान्सका कार्यकारी प्रमुख राजु मोहन भट्टराईका अनुसार दुबै संस्थाबीच मर्जर सम्झौता सम्पन्न गरी राष्ट्र बैंकमा सैद्धान्तिक स्वीकृतिका लागि पेश गरिएको थियो। बैंकले सो प्रस्ताव सोमबार स्वीकृत गरेको हो।

राष्ट्र बैंकले तीन महिनाभित्र दुबै फाइनान्स कम्पनीले आफ्ना साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि पेश गर्नुपर्ने सर्तसहित सहमति दिएको भट्टराईले बताए।