Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

२०८२ आश्विन २३ गते

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंक लिमिटेडले चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरुलाई लक्षित गर्दै र्‍याडिसन होटल लाजिम्पाट, काठमाडौसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त होटलले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा प्रदान गर्ने सेवासहित विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

र्‍याडिसन एयरपोर्ट लाउन्ज सेवामा १५ प्रतिशत, खाद्य तथा पेय पदार्थमा (इजाकाया होकाइडो होटलसमेत) २० प्रतिशत, पेस्ट्री खरिद र ट्यानक्वीलीटी स्पा सेवामा १५/१५ प्रतिशत तथा ¥याडिसन फिटनेस सेन्टर (जिम)मा २० प्रतिशत छुट हुने छ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ।