
बैंकिङ खबर/ प्रभु बैंक लिमिटेडका कर्मचारी बोध किशोर लिम्बु ताङ्लिङले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरी बैंकको झण्डा फहराएका छन् । शनिबार बिहान ७ बजेर १२ मिनेटमा शिखरमा पुगेका ताङ्लिङले प्रभु बैंकको झण्डा फहराउँदै बैंकलाई लोबुचेको शिखरमा झण्डा पु¥याउने नेपालको पहिलो बैंक बनाएका हुन् ।
आरोहणको क्रममा उचाइजन्य स्वास्थ्य समस्या, प्रतिकूल मौसम र शारीरिक तथा मानसिक कठिनाइलाई सामना गर्दै उनले साहस र दृढसंकल्पका साथ यात्रा पूरा गरेका थिए । ‘बैंकिङ सीमाभन्दा पर’ भन्ने नारालाई सार्थक बनाउँदै गरिएको यो आरोहणले बैंकिङ सेवा कुनै सीमामा सीमित नरही नयाँ उचाइमा पुग्न सक्ने सन्देश दिएको प्रभु बैंकले जनाएको छ ।
ताङ्लिङले हिमालको शिखरबाट बैंकको मूल्य, मान्यता र डिजिटल सेवाहरू प्रवद्र्धन गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएको बताए। यो सफलतालाई प्रभु बैंक र आरोहीले सम्पूर्ण बैंक परिवारलाई समर्पण गरेका छन्।


