Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकको लाभांश घोषणा

admin २०८२ आश्विन १० गते
सेयर:

बैंकिङ खबर/ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

साथै उक्त बोनस शेयरका लागि कर तिर्न शेयरधनीलाई चुक्ता पूँजीको ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने पनि निर्णय भएको छ। बैंकको हाल चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ। उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरूमा वितरण हुनेछ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।