हिमालयन बैंकको चाबहिल शाखा स्थानान्तरण, एनएल कम्प्लेक्सबाट सेवा प्रदान गरिने


बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरुमध्ये चाबहिल- २ शाखालाई स्थानान्तरण गरी एनएल कम्प्लेक्स, काठमाडौं महानगरपालिका वडा नं ०२, बालुवाटार, काठमाडौंबाट आश्विन २ गतेदेखि बालुवाटार शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बंैकका उच्चपदस्थका कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका थिए ।

हाल बैंकले नेपाल भरी फैलिएका १ सय ७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २ सय ८६ एटिएम, ८ हजार भन्दा बढी पिओएस टर्मिनल र १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।