Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जेनजी प्रदर्शनः बैंकका कर्मचारीको टाउकोमा गोली !

admin २०८२ भाद्र २६ गते
सेयर:

बैंकिङ खबर/ भदौ २२ गतेदेखि सुरु भएको जेनजी आन्दोलनको निशानामा बैंक तथा वित्तीय संस्था पनि समेत परेका छन् । भदौ २३ गते भएको आन्दोलनका क्रममा देशभर रहेका बैंक तथा वित्तीय संस्थामा क्षति पुगेको पाइएको छ ।

केही बैंकका शाखा कार्यालय, एटिएम मेसिन तथा गाडीहरुमा क्षति पुगेका छन् भने कृषि विकाश बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई गोली समेत लागेको पाइएको छ ।

कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको टाउकोमा गोली लागेको कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए । उनका अनुसार बैंकको केन्द्रीय कार्यालयमा काम गरिरहेको अवस्थामा अज्ञात व्यक्तिले हान्दा बैंकका कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गोली लागेको थियो । उनको अन्नपूर्ण अस्पतालमा लगेर उपचार गरिएको छ । घाइते श्रेष्ठको परिवारसहित उपस्थितिमा शल्यक्रिया गरेर गोली निकालिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।