Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एचएण्डबी डेभलपमेन्ट बैंक घोटालाः संलग्न दुई प्रतिवादी पक्राउ

admin २०८२ भाद्र २० गते
सेयर:
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ एचएण्डबी डेभलपमेन्ट बैंक घोटालामा संलग्न दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र अविन्द्र श्रेष्ठ रहेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी युवराज खड्काका अनुसार पक्राउ परेका दुवै जनालाई अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको हो।

सर्वोच्च अदालतले २०८१ जेठ २८ मा उनीहरूलाई कैद सजायसहित जरिवाना हुने गरी फैसला गरेको थियो। सर्वोच्चको आदेशअनुसार सुरेन्द्रकुमार प्रधानलाई ७ वर्ष कैद सजाय तोकिएको छ। साथै, उनीविरुद्ध ९ करोड २१ लाख ५० हजार रुपैयाँ बिगो र जरिवाना असुल गर्ने फैसला गरिएको छ।

त्यस्तै, अविन्द्र श्रेष्ठलाई अदालतले ३ वर्ष कैद सजाय सुनाएको छ। साथै, उनीविरुद्ध २ करोड ५० लाख रुपैयाँ बिगो र जरिवाना असुल गर्ने निर्णय भएको छ। उक्त घोटालासम्बन्धी प्रारम्भिक फैसला जिल्ला अदालतले २०७१ सालमै गरेको थियो। तर, सो आदेशविरुद्ध दुवै प्रतिवादी उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म गएका थिए। अन्ततः सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई कारागार चलान गरेको हो। यसअघि लामो समयदेखि फरार रहेका उनीहरूलाई पक्राउ गर्दै घोटालासम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।