२०८२ भाद्र १९ गते

ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता


बैंकिङ खबर/ काठमाडौं दरबार मार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा विपणन कपोरेट निर्देशक अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरी एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरिएको हो ।

ल्यान्डमार्क होटेल तथा रिसोर्ट अन्तर्गत चितवन, पोखरा, काठमाडौं, तनहुँ र भैरहवा लगायत शाखासँग प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएबापत विशेÈ छुट पाउने छन् ।

सम्झौता अनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्नेछ ।

ल्यान्डमार्क होटेल तथा रिसोर्टको उल्लेखित शाखा मार्फत उपलब्ध आवासतर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १०%–१५% छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २५६ एटीएम साथै ४८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ । र साथै नेपाल बेस्ट डिजिटल बैंक फर एसएमइ अवार्ड अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड २०२५” को अन्तर्राष्ट्रिय बाट पनि सम्मानित भएको छ ।