
बैंकिङ खबर/ एनआईसी एशिया बैंकका ग्राहकले माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट सुविधा पाउने भएका छन् । कम्पनीले उक्त होटलसँग छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेसँगै बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने भएका हुन् ।
बैंकका ग्राहकले उक्त होटलमा कुनै पनि सेवा लिँदा उक्त छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सो सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नु पर्नेछ ।
उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


