Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

डिशहोमका ग्राहकलाई ‘मेलुङ थकाली’ मा विशेष छुट

admin २०८२ भाद्र १९ गते
सेयर:

बैंकिङ खबर/ डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै चर्चित थकाली “मेलुङ थकाली” सँग साझेदारी गरेको छ। यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १०% छुट पाउनेछन्।

मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वोर्, बौद्ध र बालुवाटारमा रहेको छ र अरु थप शाखाहरु पनि बिस्तारको क्रममा रहेका छन्। यस नेपालकै चर्चित थकाली ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुटसहित खान सक्ने सुविधा दिनेछ।

अफर विवरण:

थकाली परिकारमा १०% छुट
केवल माइ डिशहोम एप मार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध छुट लिनका लागि

१. माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।

२. आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गर्नुहोस्।

३. होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्नुहोस्।

४. मेलुङ थकालीमा यो कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा मेलुङ थकालीका सह-संस्थापक बसन्त लामा, डिशहोमका चिफ न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर, सबिन महर्जन बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

“यो साझेदारीले नेपालको मनपर्ने थकाली गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,” डिशहोमका सीईओ तारा मानन्धरले बताए । “

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।