Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच सम्झौता

admin २०८२ भाद्र १८ गते
सेयर:

बैंकिङ खबर/ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसनबिच व्यावसायिक साझेदारी सम्झौता भएको छ । यस सम्झौताले बैंकिङ सेवामा सुविधा विस्तार गर्ने उद्देश्य राखेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र मेडिकल एसोसिएसनका अध्यक्ष डा.अनिल विक्रम कार्कीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताको अन्तर्गत एसोसिएसनका सम्पूर्ण सदस्यहरूले विभिन्न बैंकिङ सेवामा विशेष छुट पाउनेछन् । बैंकका २७५ शाखाबाट सदस्यहरूले प्रोफेसनल बचत खाता खोल्न सक्ने, दस लाखको दुर्घटना बीमा सुविधा, व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा, डेबिट क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवामा विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार, यस सम्झौताबाट नेपाल मेडिकल एसोसिएसनका सदस्यहरूले प्रत्यक्ष लाभ पाउने विश्वास बैंकले व्यक्त गरेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।