Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एसियाले ल्यायो ३ करोडसम्मको घरकर्जा योजना

admin २०८२ भाद्र १६ गते
सेयर:

बैंकिङ खबर/एनआईसी एसिया बैंकले ग्राहकहरूलाई ३ करोडसम्म घर कर्जा प्रदान गर्ने भएको छ। बैंकले सोहीअनुसार ‘एनआईसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको हो।

‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुने जनाएको छ। यसअनुसार न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोडसम्म प्रदान गरिनेछ।

एनआईसी एसिया साथी घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनर्निर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुनेछ। सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष छ।

‘घर खरिद तथा निर्माण गर्ने ग्राहकहरुको सपना साकार पार्न ठोस टेवा पुर्‍याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ’, बैंकले भनेको छ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।