Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंक तथा वित्तीय संस्थाको नीतिमा सरलीकृत गर: मुख्यमन्त्री

admin २०८२ भाद्र १३ गते
सेयर:

बैंकिङ खबर/ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्न बैंक तथा वित्तीय संस्थाले आफ्ना नीतिहरू सरल बनाउनुपर्ने सुझाव दिएका छन्।

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय बैंक तथा वित्तीय संस्थासँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले झन्झटिलो प्रक्रियाले उद्यम सुरु गर्न चाहने युवाहरूलाई अवरोध पुग्ने तर्फ बैंकहरूको ध्यानाकर्षण गराए।

कँडेलले बैंकहरूले वित्तीय साक्षरता प्रवर्धन गर्दै रोजगारीमुखी उद्यम व्यवसायको सोच विकास गराउनुपर्ने बताए । उनले भने,’उद्यम व्यवसायमा लगानी बढाएसँगै आर्थिक क्षेत्र चलायमान हुन्छ र रोजगारी सिर्जना हुन्छ। त्यसैले बैंकहरूले सेवाग्राहीको पहुँच सरल बनाउनुपर्छ।’

साथै उनले सम्पत्ति मूल्यांकनमा विभेद नगर्न आग्रह गर्दै भने,’कर्णाली प्रदेशसँग विकास र समृद्धिको पर्याप्त सम्भावना छ, तर यहाँको लगानी नीति बनाउँदा अरू प्रदेशसँग तुलना नगर्नुहोस् ।’

मुख्यमन्त्री कँडेलले चालू आर्थिक वर्षदेखि ब्याज अनुदान कार्यक्रमका क्षेत्र विस्तार गरिएको जानकारी पनि दिएका छन्। उनले विगतमा अनुदानको दुरुपयोग हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुधार गरिएको बताए।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।