Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नक्कली डकुमेन्ट बनाएर बीमा प्राधिकरणको अध्यक्ष बनेका ओझालाई सरकारले हटायो !

admin २०८२ भाद्र २ गते
सेयर:

बैंकिङ खबर/ नक्कली डकुमेन्ट बनाएर बीमा प्राधिकरणको अध्यक्ष बनेको ठहर सहित छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालार्य सरकारले अन्तत हटाएको छ । उनको योग्यता शंकास्पद हुँदै आएको थियो । पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले प्रतिवेदन बुझाएको थियो । समितिले ओझाद्धारा पेस गरेका कागजातमा बिमा प्राधिकरणका लागि आवश्यक अनुभव नभएको निष्कर्ष प्रस्तुत गरेको थियो । निलम्बित अध्यक्ष शरद ओझाले नियुक्त हुँदा पेस गरेका कागजात नक्कली पाइएको बतायएको छ । सोही निष्कर्षसहितको प्रतिवेदन छानबिन समितिले प्रधानमन्त्री कार्यालयलाई बुझाएको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गरेको छ । अब प्राधिकरणमा नयाँ अध्यक्षका लागि बाटो खुलेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।