Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल राष्ट्र बैंकको परिपत्र : चाँदी आयातमा नयाँ नियम लागु

२०८२ भाद्र २ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै चाँदी आयातमा नयाँ नियम ल्याएको छ । अब प्रति पटक अमेरिकी डलर पाँच लाखसम्म सटही सुविधा प्रदान गरी चाँदी आयात गर्न सकिने छ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमालाई परिवर्तन गरेर नयाँ व्यवस्था गरेको हो । यस अघि राष्ट्र बैंकले चाँदी आयातमा तीनलाख अमेरिकी डलर साट्न पाउने व्यवस्था गरेको थियो ।