२०८२ श्रावण ३० गते

एनआईएमबीको नाफा ६४ प्रतिशतले वृद्धि, खुद नाफा ६ अर्ब ७५ करोड

 

बैंकिङ खबर/ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६४.४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ मात्र थियो।

समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी भने ६.५४ प्रतिशत घटेर १४ अर्ब १२ करोड ८१ लाख ६७ हजार रुपैयाँमा सीमित रह्यो। अघिल्लो वर्ष यो रकम १५ अर्ब ११ करोड ६९ लाख ७० हजार रुपैयाँ थियो।

खुद शुल्क तथा कमिसन आम्दानी २३.९१ प्रतिशतले बढ्दै २ अर्ब २० करोड ३२ लाख ३८ हजार रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ०.७३ प्रतिशतले घटेर १७ अर्ब ६४ करोड १९ लाख ३८ हजार रुपैयाँ भए पनि सञ्चालन नाफा भने ५८.६६ प्रतिशतले वृद्धि हुँदै १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपैयाँ पुगेको छ।

गत वर्ष बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ रहेको छ। यस आधारमा लाभांश वितरण क्षमता १.३३ प्रतिशत छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६९ करोड ३२ लाख ३२ हजार रुपैयाँ ऋणात्मक थियो।

३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा ३२ अर्ब ७४ करोड १२ लाख २४ हजार रुपैयाँ रहेको छ।

निक्षेप १७ प्रतिशत बढ्दै ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख ७२ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी १८ प्रतिशतले बढेर ३ खर्ब २६ अर्ब ९३ करोड २२ लाख ९७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष निक्षेप ४ खर्ब ३ अर्ब ४१ करोड ६९ लाख ५६ हजार रुपैयाँ र कर्जा ३ खर्ब ५ अर्ब ४९ करोड ४८ लाख १९ हजार रुपैयाँ मात्र थियो।

बैंकको सीडी रेसियो ७४.४४ प्रतिशत छ, जुन अघिल्लो वर्ष ७९.२२ प्रतिशत थियो। नाफा वृद्धि भएपछि प्रतिसेयर आम्दानी (ईपीएस) १९.८० रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यो १२.०४ रुपैयाँ मात्र थियो। प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ छ भने मूल्य–आम्दानी अनुपात ११.६७ गुणा रहेको छ। तर, खराब कर्जा दर अघिल्लो वर्षको ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ।