
बैंकिङ खबर/ नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.८६ प्रतिशत कम हो। यसअघि बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको नाफा घट्नुको मुख्य कारण इम्पेयरमेन्ट चार्जमा वृद्धि हो। उक्त चार्ज ६४ करोड ८३ लाख रुपैयाँबाट बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा पनि ३.६२ प्रतिशतले घटेको छ।
बैंकको वित्तीय विवरण अनुसार, प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा रहेको छ। मूल्य–आम्दानी अनुपात २६.६० गुणा कायम भएको छ।
गत आवमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता ११.२९ प्रतिशत रहेको छ। बैंकको चुक्ता पूँजी १० अर्ब ८९ करोड रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। बैंकले गत आवमा १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। खराब कर्जा दर ३.३५ प्रतिशत रहेको बैंकले जनाएको छ।



