
बैंकिङ खबर/नेपाल बैंकले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम ८ अर्ब ६३ करोड ४७ लाख ६८ हजार रुपैयाँ थियो। त्यसैगरी, खुद शुल्क तथा कमिसन आम्दानी ६.०७ प्रतिशत वृद्धि भई १ अर्ब १७ करोड ४९ लाख ९१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशत बढेर ११ अर्ब ९४ करोड ३९ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ६९२ प्रतिशत वृद्धि भई ५ अर्ब ४१ करोड ८६ हजार रुपैयाँ पुगेको छ।
यद्यपि, बैंकको वितरणयोग्य नाफा गत वर्ष ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको छ, जसका कारण लाभांश वितरण गर्न नसक्ने अवस्थामा छ। अघिल्लो वर्ष पनि बैंकको वितरणयोग्य नाफा ९६ करोड ५० लाख ७४ हजार रुपैयाँ ऋणात्मक थियो।
बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको छ भने जगेडामा २३ अर्ब ९३ करोड २० लाख ४८ हजार रुपैयाँ सञ्चित छ। असार मसान्तसम्म बैंकको निक्षेप १७.२८ प्रतिशतले बढेर ३ खर्ब ३२ अर्ब २ करोड १० लाख ४७ हजार रुपैयाँ र कर्जा लगानी १३.८८ प्रतिशत बढेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख ८५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष निक्षेप २ खर्ब ८३ अर्ब ८ करोड ३७ लाख ४५ हजार रुपैयाँ र कर्जा लगानी १ खर्ब ९४ अर्ब ६६ करोड ७७ लाख ७० हजार रुपैयाँ थियो।
बैंकको प्रतिसेयर आम्दानी ०.१९ रुपैयाँबाट बढेर २५.६८ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ र मूल्य–आम्दानी अनुपात ११.३५ गुणा रहेको छ। अघिल्लो वर्ष ४.३३ प्रतिशत रहेको खराब कर्जा अनुपात गत वर्ष बढेर ४.४७ प्रतिशत पुगेको छ। बैंकको रिटर्न अन इक्विटी १०.२२ प्रतिशत, आधार दर ५.५८ प्रतिशत र कर्जा–निक्षेप अनुपात ७०.७२ प्रतिशत रहेको छ।