Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

admin २०८२ श्रावण २७ गते
सेयर:

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अछामको बयालपाटा अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। अस्पतालमा आयोजित समारोहमा बैंकको साँफेबगर शाखाका शाखा प्रबन्धक अनुपम महराले अस्पतालका निर्देशक डा. मन्दिप पाठकलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन्।

अस्पतालका निर्देशक डा. पाठकका अनुसार नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटरले बिरामीको उपचारमा अक्सिजन व्यवस्थापन सहज हुने छ। ५० बेड क्षमताको यस अस्पतालमा दैनिक दुई सयदेखि दुई सय पचास जनासम्म र वार्षिक ७० देखि ८० हजारसम्म बिरामीले उपचार सेवा लिने गरेका छन्।

सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि आ.व. ०८०/८१ को सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र र रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइसकेको छ।

हाल बैंकले १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।