Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकको वितरणयोग्य मुनाफा ९२ प्रतिशतले वृद्धि, लाभांश क्षमता दोब्बर

२०८२ श्रावण २६ गते

बैंकिङ खबर/सानिमा बैंक लिमिटेडको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षमा ९२.१३ प्रतिशतले वृद्धि भएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक प्रतिवेदनअनुसार वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ४४ करोड रुपैयाँभन्दा धेरै हो।

यससँगै बैंकको लाभांश दिने क्षमता पनि बढेको छ। अघिल्लो आवमा १०.६६ प्रतिशत मात्रै लाभांश दिन सक्ने अवस्थामा रहेको बैंकले यस वर्ष २०.४७ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ, जुन ९२.०२ प्रतिशतले वृद्धि भएको हो।

समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.९६ प्रतिशतले बढी हो। खुद ब्याज आम्दानी २.८२ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब १ करोड रुपैयाँबाट बढेर १ अर्ब १९ करोड रुपैयाँ भएको छ।

बैंकको रिटेन्ड अर्निङ १ अर्ब ४४ करोड रुपैयाँबाट बढेर २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। रिजर्भ ५ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ६ अर्ब ५६ करोड रुपैयाँ भएको छ। निक्षेप संकलन १३.५६ प्रतिशतले बढेर २ खर्ब २३ करोड रुपैयाँ र कर्जा प्रवाह १०.६८ प्रतिशतले बढेर १ खर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने खराब कर्जा अनुपात ०.५१ प्रतिशतबाट बढेर १.२१ प्रतिशत भएको छ।

प्रतिवेदनअनुसार समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १९३९.७५ रुपैयाँ, मूल्य–आम्दानी अनुपात १९.८० गुणा र तरलता अनुपात ३०.९५ प्रतिशत रहेको छ।