बैंकिङ खबर/ समाजमा विभिन्न किसिमबाट ठगी गर्नेहरु त यसै पनि छन् । तर पछिल्लो समयमा अनलाइनका माध्यमबाट ठग्नेहरु धेरै बढेका छन् । फेसबुक, इन्स्टाग्राम, ट्विटर जस्ता प्लेटफर्महरूमा व्यक्तिगत खाताहरू ह्याक गरेर ठगी गर्नेहरु एकातिर छन् । सामाजिक सञ्जाल खाताको प्रयोग गरी विभिन्न बहाना बनाएर ह्याकरद्वार बैंक खातामा रकम पठाउँने प्रलोभनमा ठगी गर्नेहरु अर्कातिर छन् । त्यसैगरी लक्षित व्यक्तिलाई इमेल, फोन कल, मेसेजमार्फत आधिकारीक बैंक वा अन्य विश्वसनीय संस्था वा सो संस्थाको प्रतिनिधीको रूपमा आफूलाई उभ्याएर झुक्याएर व्यक्तिगत बैंक तथा क्रेडिट कार्ड विवरण तथा पासवर्ड लिएर ठगी गर्नेहरु पनि छन् । लटरी र उपहारको प्रलोभन देखाइ गरिने ठगीमा अनलाइन प्लेटफर्महरूमा झन् आकर्षक बढेको छ । उपहार वा ठूलो रकम जितेको भन्दै झुक्याउने ग्रुप नै तयार गरेर लक्षित वर्ग वा व्यक्तिलाई फसाउने गरिउको छ । यसका साथै रोमान्टीक बनाउने, नक्कली प्रोफाइल बनाएर आर्थिक फाइदा उठाउने नियतले सेक्सको प्रलोभनमा ठगी गर्नेहरु पनि छन् । यी यस्ता अनगिन्ति गठीहरु अहिले शोशल मिडियाबाट अत्याधिक भएको छ जसको प्रयोग बैंकवित्तका खाता, क्यूआर, एबं मोवाइल बैंकिङको प्रयोग गरिएका तथ्यहरु देखा परेका छन् ।
९२ वटा मुद्दा दर्ता
पछिल्लो एक वर्षमा मात्र अनलाइन बैंकिङबाट करिब ११ करोड ५४ लाख रुपैयाँभन्दा बढी रकम सर्वसाधारणबाट ठगी भएको प्रहरीले जनाएको छ। अनलाइन बैंकिङ ठगीका ९२ वटा मुद्दा दर्ता भइसकेका छन्, जसमा ६४ जना स्वदेशी र विदेशी नागरिक पक्राउ परेका छन्। यस्तै, सामाजिक सञ्जालमा आधारित ठगीका १५९ मुद्दा दर्ता भएका छन्, जसबाट ६ करोड १६ लाखभन्दा बढी रकम ठगी भएको अनुमान छ। अनलाइन किनमेल सम्बन्धी १३७ मुद्दा दर्ता भएका छन् र ठगी रकम १ करोड ११ लाखभन्दा बढी रहेको छ। वालेटमार्फत ठगीका ७४ मुद्दा दर्ता भएका छन्, जसबाट ९९ लाखभन्दा बढी रकम हानी भएको देखिएको छ।
लटरी ठगीमा ४८ मुद्दा दर्ता भएका छन्, जहाँ करिब १ करोड ७१ लाख रुपैयाँ ठगी भएको छ। पहिचान चोरीका ६ मुद्दा र स्प्याम सम्बन्धी २ मुद्दा पनि दर्ता भएका छन्। फिसिङसम्बन्धी ९ मुद्दा भए पनि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।
अन्य विभिन्न प्रकारका ठगीका १३२ मुद्दा दर्ता भएका छन्, जसमा ४४ जना पक्राउ परेका छन् र ठगी रकम ६१ करोडभन्दा बढी छ। प्रहरीले अनलाइन ठगी रोक्नका लागि कडाइ गर्दै अनुसन्धान र नियन्त्रणमा विशेष ध्यान दिइरहेको छ। सर्वसाधारणलाई अनलाइन कारोबारमा सावधानी अपनाउन र अनियमितता भएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ। यसैबीच, डिजिटल भुक्तानी र अनलाइन लेनदेनका माध्यममा हुने ठगीका नयाँ प्रविधि र तरिका विस्तार हुँदै गएकाले प्रयोगकर्ताले थप सतर्कता अपनाउनुपर्ने आवश्यकतालाई प्रहरीले जोड दिएको छ।
ठगीबाट बच्न आम नागरिकलाई साइबर ब्यूरोको पटक पटक आग्रह
नेपाल प्रहरीको साइबर ब्यूरोले अनलाइनको माध्यमबाट हुने ठगीबाट बच्न आम नागरिकलाई पटक पटक आग्रह गरेको छ। ब्यूरोले पछिल्लो समय विद्युतीय आर्थिक कारोबार बढिरहेको अवस्थामा सामाजिक सञ्जालबाट ठगी हुने क्रम बढेको भन्दै यसबाट जोगिन सबैलाई आग्रह गरिरहेको छ । साइबर ब्यूरोको अनुसार विभिन्न किसिमका चिट्ठा परेको भन्दै पैसा लिनका लागि ट्याक्स तिनुपर्ने भन्दै अनलाइनमार्फत पैसा भुक्तानी गरी ठगी गरेका उजुरीहरु बढेका छन् । साइबर ब्यूरोले आफ्नो पासवर्ड र ओटिपी कोर्ड गोप्य राख्न र अरूबाट यसको दुरुपयोग हुन नदिन सबैलाई आग्रहसमेत गरेको छ । साइबर ब्यूरोले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागद्वारा समयसमयमा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा जानकारी लिनसमेत अनुरोध गरेको छ।
ठग्नेको पहिचान कसरी गर्ने ?
-चिठ्ठा गरेको भ्रम फैलाउन सक्छन् ।
-अप्रत्यासीत सुचना र प्रस्तावहरु पठाउन् सक्छन् ।
-उपहार वा महंगो सामानको लोभमा भन्सार सुल्क माग्न सक्छन् ।
-अनलाइनमा बैंक खाता विवरण वा पासवर्ड, माग्न सक्छन् ।
-विभिन्न स्रोतबाट फिसिङ्ग इमेल गर्न सक्छन् ।
-आकर्षक रोजगारीको प्रलोभन दिन सक्छन् ।
-चिनजानकै व्यक्तिको खाता ह्याक गरेर पैसा माग्न सक्छन् ।