Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंक दार्चुला शाखामा करोडौंको रकम दुरुपयोगको आरोप

admin २०८२ श्रावण २५ गते
सेयर:


बैंकिङ खबर/महालक्ष्मी विकास बैंक दार्चुला शाखाको भल्टमा करोडौंको रकम दुरुपयोगको आरोप लागेको छ । २ करोड ८४ लाख रुपैयाँ अनियमित रूपमा प्रयोग गरिएको आरोपमा जिल्ला प्रहरीले अनुसन्धान सुरू गरेको हो। बैंकको रकम दुरुपयोग भएको शंका उत्पन्न भएपछि प्रहरीले शाखामा कार्यरत कर्मचारीहरूलाई सोधपुछ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार, सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गर्नका लागि पीडित पक्ष अर्थात् बैंकको आधिकारिक जाहेरी आवश्यक हुने भएकाले अहिलेसम्म पक्राउ गरिएको छैन। बैंकले अहिलेसम्म जाहेरी नदिएकाले बाँकी कानुनी प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको हो।

प्रहरीले जाहेरी प्राप्त भएलगत्तै कानुनी कारबाहीका लागि आवश्यक सबै प्रक्रिया सुरु गर्ने जनाएको छ। प्रारम्भिक अनुसन्धानमा बैंकका कर्मचारीहरूले भल्टमा राखिएको २ करोड ८४ लाख रुपैयाँ अनधिकृत रूपमा प्रयोग गरेको प्रमाण भेटिएको प्रहरीले जनाएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।