Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नागरिक लगानी कोषको नाफा १३.७१ प्रतिशतले वृद्धि

admin २०८२ श्रावण २५ गते
सेयर:

बैंकिङ खबर/नागरिक लगानी कोष (सीआईटी)ले आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा वर्षमा कोषले १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब १० करोड २४ लाख रुपैयाँभन्दा १३.७१ प्रतिशतले बढी हो।

कोषको ब्याज आम्दानी भने २३.७५ प्रतिशतले घटेर ३३ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यो आम्दानी ४४ करोड २५ लाख रुपैयाँ थियो। विपरीत, सेवा शुल्क तथा कमिसनबापतको आम्दानी १७.१७ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको कोषको जगेडा कोषलगायतका कोषको आकार ०.७७ प्रतिशतले बढेर ३ खर्ब ११ अर्ब ६ करोड ६७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम ३ खर्ब ८ अर्ब ६९ करोड ७२ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा कोषको कुल लगानी २ खर्ब ८९ अर्ब १६ करोड ६६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.६५ प्रतिशतले बढी हो।

वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) भने सामान्य घटेर १९.३४ रुपैयाँ कायम भएको छ, अघिल्लो वर्ष यो २०.७५ रुपैयाँ थियो। लगानीमा प्रतिफल ५.६८ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ रहेको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।