Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्यो

२०८२ श्रावण २१ गते


बैंकिङ खबर/ फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ। कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार यस आवमा कम्पनीले १३ करोड १७ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले १४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो। तर चालू आवमा ब्याज आम्दानी र सञ्चालन आम्दानी दुबै घटेका कारण नाफा घटेको हो।

गत आवमा लघुवित्तले कुल २१ करोड रुपैयाँ बराबरको ब्याज आम्दानी र सोही हाराहारीको सञ्चालन आम्दानी गरेको छ। जबकि अघिल्लो आवमा क्रमशः ३१ करोड र ३२ करोड रुपैयाँ आम्दानी भएको थियो।

नाफामा गिरावट आउनुको अर्को कारण भनेको खराब कर्जामा वृद्धि हुनु हो। अघिल्लो आर्थिक वर्षमा ३.१६ प्रतिशत रहेको खराब कर्जा चालू आवमा बढेर ३.८४ प्रतिशत पुगेको छ।

नाफा घटेसँगै कम्पनीको लाभांश दिन सक्ने क्षमता पनि घटेको देखिएको छ। सार्वजनिक विवरणअनुसार हाल कम्पनीसँग लगानीकर्तालाई वितरण गर्न मिल्ने नाफा १० करोड ७८ लाख रुपैयाँ छ। यो आधारमा कम्पनीले चाहेमा प्रतिकित्ता अधिकतम ८.०२ रुपैयाँसम्म लाभांश वितरण गर्न सक्छ।

अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले ११ करोड ९९ लाख रुपैयाँ बराबरको नाफाबाट ९.७२ रुपैयाँ वितरण गर्न सक्ने स्थितिमा रहँदा ९.४७ प्रतिशत लाभांश दिएको थियो।

नाफा घटेको यस अवस्था लगानीकर्ताका लागि निराशाजनक हुन सक्छ, भने कम्पनीका लागि वित्तीय सुधार र कर्जाको गुणस्तर कायम राख्ने चुनौती थपिएको देखिन्छ।