Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसूरमा फरार रहेका दुई प्रतिवादी काठमाडौंमा पक्राउ

२०८२ श्रावण १५ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/बैंकिङ कसूर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूमा बसोबास गर्ने ३३ वर्षीय सुकराम लामा तामाङ र सुर्खेतको लेकवेशी नगरपालिका–१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–६ बस्ने ३७ वर्षीय लक्ष्मी प्रसाद सापकोटा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०८० असार १ गतेको फैसलाअनुसार १५ लाख रुपैयाँ जरिवाना, ५ दिन कैद र ६० हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय सुनाइएका सुकराम तामाङलाई काठमाडौं महानगरपालिका–८ स्थित गौशालाबाट मंगलबार पक्राउ गरेको हो।

यस्तै, सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई फरार रहेका लक्ष्मी प्रसाद सापकोटालाई प्रहरीले बुढानिलकण्ठ नगरपालिका–६ बाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सुकराम तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने सापकोटालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ।