Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हायु परिवार भन्छन्,‘मेहनत गरेर भएपनि बैंकको ऋण तिर्छौं’

admin २०८२ श्रावण १४ गते
सेयर:

बैंकिङ खबर/ कास्कीको पोखरामा शरण लिएको उर्मिला हायुसहितको परिवारले मेहनत गरेर भए पनि बैंकको ऋण तिर्ने बताएका छन् । गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठ नेतृत्वको टोलीले बुधबार भेटेर पुनः घर फर्कन आग्रह गरेका थिए ।

छ दिनअघि घर, चौपाया र पशुपक्षी छाडेर चुपचाप पोखरा पुगेको हायु परिवार सोमबार दिनभर हराएको भन्दै सञ्चारमाध्यममा प्रमुख समाचार बनेको थियो। त्यसपछि वडाध्यक्षसहितको टोली उनीहरूको अवस्थाबारे जानकारी लिन पोखरा पुगेको हो।

वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिला र उनका जेठा छोरा राजुलाई राखेर सम्भावित सहयोगको विषयमा विस्तृत जानकारी दिइएको थियो। उनले घर भएको जमिन किनिदिने, अस्थायी बसोबासका लागि वडाभित्रै छुट्टै स्थानमा घर निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारी व्यवस्थाको प्राथमिकतासहित फर्कन आग्रह गरे।

गाउँमा र बैंकमा गरी तीन लाख रुपैयाँभन्दा कम ऋण रहेको बताउँदै हायु परिवारले कठिन परिस्थिति हुँदाहुँदै पनि तिर्ने दृढता व्यक्त गरेका छन्। उनीहरूका अनुसार जस्तोसुकै मेहनत गरेर भए पनि ऋण चुक्ता गर्ने अठोट लिएका छन्।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।