Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

२०८२ श्रावण ५ गते

बैंकिङ खबर/ एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २८ औं वार्षिकोत्सव मनाएको छ। “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने नारासहित बैंकले देशभर सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ सेवा दिँदै २८ वर्ष पूरा गरेको जनाएको छ।

बैंकका अनुसार यो यात्रामा ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी र सम्पूर्ण सरोकारवालाहरूको निरन्तर साथ र विश्वासले बैंकलाई देशकै अग्रणी वाणिज्य बैंकको रूपमा स्थापित गर्न सघाएको छ।

एनआईसी एशिया बैंकले आगामी दिनहरूमा अझ प्रविधिमैत्री, अत्याधुनिक र ग्राहककेन्द्रित सेवा प्रदान गर्ने अठोट जनाएको छ। डिजिटल बैंकिङमा अग्रसर रहँदै बैंकले भौतिक सञ्जाललाई समेत विस्तार गर्दै आएको छ। हालसम्म बैंकले मुलुकभर ३६० शाखा, ६७० एटीएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ सेवा सञ्चालन गरिरहेको छ।

वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै बैंकले मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता दुर्गम जिल्लामा समेत शाखा विस्तार गरी वित्तीय पहुँच पुर्‍याएको छ।

बैंकले आफ्नो २८ औं वार्षिकोत्सवका अवसरमा सबै ग्राहक र सरोकारवालाप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ उत्कृष्ट सेवा दिने प्रतिबद्धता जनाएको छ।