Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२ श्रावण ३ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दामा फरार रहेकी ५० वर्षीया तेजुमाया गुरूङलाई प्रहरीले पक्राउ गरेको छ। गुरूङ काठमाडौँ महानगरपालिका–४ सुकेधारा क्षेत्रमा बसोबास गर्दै आइरहेकी थिइन् र इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा घर भएकी छन्। उच्च अदालत पाटनको २०७९ साउन १७ गतेको फैसलाअनुसार, तेजुमाया गुरूङलाई रु ३ लाख ५० हजार जरिवाना, तीन दिनको कैद र रु १६ हजार क्षतिपूर्तिका रूपमा पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय तोकिएको थियो। उक्त फैसलापछि गुरूङ फरार थिइन्।

शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँको सुकेधारा क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीले गुरूङलाई पक्राउ गरी आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ।