Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकको वित्तीय विवरणः ६३ करोड नाफा

२०८२ श्रावण २ गते

बैंकिङ खबर/ कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.१९ प्रतिशतले बढी हो।

बैंकले सो अवधिसम्म ६३ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गर्दै ५२ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। त्यस्तै, बैंकको सञ्चालन मुनाफा ९८ करोड ७० लाख रुपैयाँ रहेको छ।

वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा रहेको छ। बैंकको पुँजी कोष अनुपात १३.२० प्रतिशत र निष्क्रिय कर्जा ३.३८ प्रतिशत रहेको छ।

यस बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १० पैसा र नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ। बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख र जगेडा कोष २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ पुगेको छ।

बैंकले अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको छ। स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरी शेयर जारी गर्ने तयारी बैंकले गरेको छ।