Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबिच सहकार्य

२०८२ असार ३२ गते

बैंकिङ खबर/एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई नगरकोट सामुदायिक होमस्टेमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको छ। यस सम्झौताअनुसार, बैंकका ग्राहकहरूले नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

भक्तपुरको चाँगुनारायणमा रहेको नगरकोट सामुदायिक होमस्टे १७ घरपरिवारद्वारा सञ्चालित छ। ग्राहकहरूले यस होमस्टेको सेवा उपभोग गरेबापत एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ (MoBank) एप मार्फत भुक्तानी गर्दा यो छुट सुविधाको लाभ लिन सक्नेछन्।