Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विपन्न विद्यार्थीलाई स्टेशनरी वितरण

२०८२ असार ३० गते

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेको छ। एकेडेमीमा आयोजित कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले आर्थिक रूपमा कमजोर र परिवारबाट टाढा रहेका विद्यार्थीहरूलाई कापी, पेन्सिल लगायत आवश्यक स्टेशनरी सामग्री हस्तान्तरण गरिन्।

एकेडेमीका अध्यक्ष डा. माला खरेलले सांग्रिलाको सहयोगले पठनपाठनमा सहजता पुगेको बताउँदै बैंकप्रति आभार व्यक्त गरे। “हामीजस्ता संस्थालाई सहयोग गर्नु बैंकको सामाजिक जिम्मेवारीप्रतिको उदाहरणीय पहल हो,” अध्यक्ष खरेलले भनिन्।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा र ३० एटीएममार्फत देशभर सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई आत्मसात गर्दै आएको बैंकले आगामी दिनमा सेवा विस्तारलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।